बिहीबार, वैशाख १०, २०८३

कांग्रेस महाधिवेशनः बन्दसत्र सुरु, पौडेल समूह अनुपस्थित

मेरोन्यूज २०७८ मंसिर २४ गते २१:१६

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार बेलुकीबाट बन्दसत्र सुरु भएको छ ।

भृकुटीमण्डमा सुरु भएको बन्दसत्रमा संस्थापन इतर समूहका बरिस्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, शेखर कोइराला लगायतका नेताहरू भने अनुपस्थित छन् ।

यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरु पनि बन्दसत्रमा अनुपस्थित छन् ।

उम्मेदवारका लागि संस्थापन इतर पक्षमा अझैसम्म पनि साझा उम्मेदवार तय हुन सकेको छैन । साझा उम्मेदवार तय गर्न नसकेको संस्थापन इतर पक्ष उदघाटन सत्र सकिए लगत्तै गुटगत छलफलमा रहेको छ ।

सिटौला समूह पनि उम्मेदवार चयन तथा विभिन्न गुट उपगुटको छलफलमा रहेको बताइएको छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया