कांग्रेस महाधिवेशनमा आर्थिक प्रतिवेदन पेश

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार बेलुकाबाट बन्दसत्र शुरु भएको छ ।
शुक्रबार दिउँसो सुरु भएको कांग्रेस महाधिवेशनको बन्दसत्र बेलुका भृकुटीमण्डपमा जारी रहेको हो । बन्दसत्र शुरु भए पनि नेताहरु भने विभिन्न गुट उपगुट तथा आ–आफ्नै छलफलमा ब्यस्त छन् ।
बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन पेस गरेकी छिन् । उनले प्रतिवेदन पेस गर्दै गरेको बेला आवाज नसुनिकएको भन्दै महाधिवेशन प्रतिनिधिले बिरोध जनाएका थिए । उनी बोल्दै गर्दा हलमा होहल्लासमेत भएको थियो ।
नेपाली काँग्रेसकी कोषाध्यक्ष यादवले बन्दसत्रमा पेश गरेको आर्थिक प्रतिवेदनमा पार्टीको आम्दानी बढेको देखिएको छ भने खर्च कम रहेको छ ।
उक्त प्रतिवदेनअनुसार पार्टीले ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आम्दानी गरेको उल्लेख छ ।
दस्तुर र नवीकरणबाट मात्रै ९ करोड २४ लाख ९४ हजार ९९४ प्राप्त भएको छ ।
चन्दा, सहयोगहरुबाट भने १ करोड ३ लाख ४१ हजार ६५८ रुपैयाँ आम्दानी देखाइएको छ ।
पार्टीले कर्मचारी खर्च र साधारण तथा प्रशासनिक खर्च बापत ३ करोड ४ लाख ४९ हजार १०५ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो चौमासिक अवधि २०७८ कार्तिक मसान्तसम्मको अवधिमा पार्टीले ४ करोड ४९ लाख आय आर्जन गरेको र २ करोड ४८ लाख खर्च हुँदा २ करोड ११ लाख बचत भएको छ ।
विभिन्न वाणिज्य बैंकहरुमा गरी १ वर्षे मुद्दतिमा १० करोड तथा वचत चल्ति खातामा २ करोड जम्मा भएको जनाइएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया