आज माओवादीको प्रदेश सम्मेलन हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज प्रदेश सम्मेलन गर्ने भएको छ । पार्टीले सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन गर्ने भएको हो ।
अधिवेशन दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् । पार्टीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरी १० प्रदेशमा अधिवेशन गर्ने भएको हो ।
प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, वागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुँदै छ । विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने र प्रवास समितिको सम्मेलन आज नभई छिट्टै हुने पार्टी कार्यालयले जनाएको छ ।
सम्मेलनबाट नौ पदाधिकारीसहित समिति चयन गर्ने छ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्षसहित सदस्यहरू हुने व्यवस्था रहेको छ ।
माओवादीले यसअघि गत ११ गते पालिका सम्मेलन गरेको थियो ।















विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया