एमाले केन्द्रीय कमिटी बस्दै, १५ वटा कार्य सूचीमाथि छलफल हुने

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको आज बस्दै छ । चितवनमा सम्पन्न दशौँ महाधिवेशनपछिको स्थायी कमिटी, पोलिटब्यूरो गठनलगायतका १५ ओटा कार्य सूचीमा छलफल गर्न एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
बैठक दिउँसो १ बजे भक्तपुरको जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बस्ने भएको हो । पार्टी कार्यालयमा ठाउँ अभाव हुने भएकाले एमालेले भक्तपुरको जर्मन हाउसमा बैठक बोलाएको हो ।
बैठकमा १५ वटा कार्य सूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियताक्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियानलगायत बैठकका एजेण्डा रहेको तामाङले जानकारी दिए ।
कार्यालय सचिव तामाङका अनुसार केन्द्रीय कमिटी बैठकअगाडि ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्ने तय भएको छ ।










इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया