दोस्रोपटक पुबुदु दसानायके नेपाली क्रिकेटको प्रशिक्षक नियुक्त
मेरोन्यूज
२०७८ मंसिर २५ गते १०:५७

काठमाडौँ । नेपाली क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । उनी दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा पुनः नियुक्त गर्ने जनाएको हो । उनी यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक भूमिकामा रहेका थिए ।
गत सेप्टेम्बरमा तत्कालीन प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएसँगै क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको हो । क्यानले मुख्य प्रशिक्षक पदमा ६० जनाले आवेदन दिएका थिए ।
अन्तिम चरणमा क्यानले पाँच जनाको अन्तर्वार्ता लिएको थियो । जसमा क्यानडाका पुबुदु नियुक्त भएका हुन् ।
सम्बन्धित


















आज रास्वपाको केन्द्रीय समिति बैठक, ९ वटा कार्यसूचीमा छलफल हुने
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया