दोस्रोपटक पुबुदु दसानायके नेपाली क्रिकेटको प्रशिक्षक नियुक्त
मेरोन्यूज
२०७८ मंसिर २५ गते १०:५७

काठमाडौँ । नेपाली क्रिकेट टिमको प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । उनी दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा पुनः नियुक्त गर्ने जनाएको हो । उनी यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक भूमिकामा रहेका थिए ।
गत सेप्टेम्बरमा तत्कालीन प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएसँगै क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको हो । क्यानले मुख्य प्रशिक्षक पदमा ६० जनाले आवेदन दिएका थिए ।
अन्तिम चरणमा क्यानले पाँच जनाको अन्तर्वार्ता लिएको थियो । जसमा क्यानडाका पुबुदु नियुक्त भएका हुन् ।
सम्बन्धित









म्याग्दीमा धान उत्पादन बढ्यो
नेक्सजेन म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया