कांग्रेस महाधिवेशनः शेखरको टिममा गगन र मिनेन्द्र महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सभापति पदमा रामचन्द्र पौडेल समूहका शेखर कोइरालाले आफ्नो नेतृत्वमा छुट्टै टिम बनाएका छन् ।
संस्थापन इतर पक्षमा साझा सहमति नजुटेपछि सबै तीन नेताहरु तीनतिर फर्किएका छन् । संस्थापन इतरकै प्रकाशमान सिंहले सुजाता कोइरालालाई आफ्नो टिममा राखेर उम्मेदवार घोषणा गरेपछि शेखरले गगन थापा र मिनेन्द्र रिजाललाई आफ्नो टिममा राखेर उम्मेदवार घोषणा गर्दैछन् ।
शेखर टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी तथा सह–महामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त, रामकृष्ण यादव, तेजुलाल चौधरी र वकिल मियाँ हुने गरी छलफल भएको छ ।
शेखर प्यानलबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन् ।
यस्तै शेखरको टिमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् ।










माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहित केहि पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया