जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ

भैरहवा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्यायको लडाइँ बाँकी नै रहेको बताएका छन् ।
तुलसीपुर उच्च अदालतको आदेशबमोजिम शुक्रबार साँझ जिल्ला अदालत रूपन्देहीबाट कागजी प्रक्रिया पूरा गरेर थुनामुक्त भएपछि सम्बोधन गर्दै उनले समर्थकसमक्ष हिसाब मिलाउन र न्याय पाउन अझै बाँकी रहेको प्रतिक्रिया दिएका हुन् ।
‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ, लड्नु छ,’ उनले भने, ‘मैले लड्नु बाँकी छ, लड्नु छ भनेको मेराका लागि होइन, तपाईंका लागि, यो देशको न्यायका लागि लड्नु छ।’
उनले आफूमाथि भएको अन्यायको हिसाब गर्न बाँकी रहेको बताएका छन्। ‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। त्यसको हिसाब गर्नु छ, त्यसको हिसाब गरेपछि अनि लामो बोलौंला,’ समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘आज यति मात्रै भन्छु- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ।’
उनले धेरै बोल्ने समय आउन बाँकी रहेको जिकिर गरेका छन्। ‘म आसा गर्छु, यो देशले चाँडै न्याय पाउनेछ। मैले बोल्ने समय आउँदै छ, केही समय धैर्य गर्नुहोला। धेरै कुरा भन्न बाँकी छ।’













गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया