रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा हालसम्म चार वटा अदालतमा गरी जम्मा ५ करोड २७ लाख रुपैयाँ धरौटी बुझाइसकेकाे तथ्याङ्कले देखाएको छ ।
रवि लामिछानेले कास्की अदालतमा सूर्यदर्शन सहकारीकाे घाेटाला प्रकरणमा ६५ लाख रुपैयाँ, काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी घाेटाला प्रकरणमा ६० लाख रुपैयाँ, चितवन अदालतमा सहारा सहकारी घाेटला प्रकरणकाे ५४ लाख रुपैयाँ र शुक्रबारमात्रै उच्च अदालत, बुटवलमा सुप्रिम सहकारीको ठगि प्रकरणमा ३ करोड ४८ लाख रुपैयाँ धराैटी बुझाएका छन् ।
यी सबै रकम जाेड्दा उनले बुझाएको धराैटी रकममात्रै ५ कराेड २७ लाख हुन आउँछ ।पर्सा जिल्ला अदालतमा पनि उनी विरुद्ध सहकारी ठगीकाे मुद्दा चलिरहेको छ ।
लामिछानेले बुझाएको ठुलाे रकमकाे स्राेतबारे सर्वसाधारणदेखि नेतासम्मले प्रश्न गर्न थालेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटी बुझाउने २ करोडको स्रोत खुलाउन शुक्रबार आग्रह गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेख्दै लामिछानेलाई अदालतमा बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका हुन् । उनले भनेका छन्-‘बुझाइने २ करोडको स्रोत खुलाउनु होला! जय सुशासन!’













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया