कांग्रेस महाधिवेशन
कांग्रेस संस्थापन र इतर पक्षको टिम भत्कियो
शेखर छाडेर सूजाता, देउवा छाडेर विश्वप्रकाश आए प्रकाशमानको टिममा
मेरोन्यूज
२०७८ मंसिर २५ गते १५:५५

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानलसहितको उम्मेदवार मनोनयन हुने भनिए पनि अन्तिम समयमा दुवै पक्षको टिम भत्किएको छ ।
संस्थापन इतर पक्षमा साझा सहमति नजुटे पनि संस्थापन पक्षमा साझा प्यानल बनाउने तयारी अन्तिम समयमा असफल भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले आफ्नो टिमबाट कृष्ण सिटौलालाई समेटेर टिम बनाएपछि संस्थापन पक्षको टिम पनि भत्किएको हो ।
संस्थापन पक्षका बलियो उम्मेदवार मानिएका पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मालाई देउवाले महामन्त्रीको उम्मेदवारबाट आउट गरेपछि उनी प्रकाशमान सिंहको प्यानलमा पुगेका छन् ।
संस्थापन इतर पक्षका प्रकाशमानको टिममा शेखर कोइरालाको टिम छाडेर सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् भने महामन्त्रीमा विश्वप्रकाशलाई राखिएको छ ।
सम्बन्धित
















प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया