शनिबार, पुष ५, २०८२

कांग्रेस महाधिवेशन

कांग्रेस संस्थापन र इतर पक्षको टिम भत्कियो

शेखर छाडेर सूजाता, देउवा छाडेर विश्वप्रकाश आए प्रकाशमानको टिममा

मेरोन्यूज २०७८ मंसिर २५ गते १५:५५

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानलसहितको उम्मेदवार मनोनयन हुने भनिए पनि अन्तिम समयमा दुवै पक्षको टिम भत्किएको छ ।

संस्थापन इतर पक्षमा साझा सहमति नजुटे पनि संस्थापन पक्षमा साझा प्यानल बनाउने तयारी अन्तिम समयमा असफल भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले आफ्नो टिमबाट कृष्ण सिटौलालाई समेटेर टिम बनाएपछि संस्थापन पक्षको टिम पनि भत्किएको हो ।

संस्थापन पक्षका बलियो उम्मेदवार मानिएका पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मालाई देउवाले महामन्त्रीको उम्मेदवारबाट आउट गरेपछि उनी प्रकाशमान सिंहको प्यानलमा पुगेका छन् ।

संस्थापन इतर पक्षका प्रकाशमानको टिममा शेखर कोइरालाको टिम छाडेर सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनेकी छन् भने महामन्त्रीमा विश्वप्रकाशलाई राखिएको छ ।

प्रतिक्रिया