कांग्रेस महाधिवेशन
सभापति पदमा ६ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा पार्टीको नयाँ नेतृत्वका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
एक सभापतिका लागि शेरबहादुर देउवासहित ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सभापतिमा कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।
यस्तै उपसभापति पदमा महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, दिवेश्वरी शाह र विजय गच्छदारको उम्मेदवारी परेको छ ।
यसैगरी दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरणमहत, डा.राजाराम कार्की र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले शनिवार बेलुका ५ बजेसम्मका लागि मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । तोकिएको समयभित्र सभापति पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सूची हेर्नुहोस्

















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया