आइतबार, पुष ६, २०८२

कांग्रेस महाधिवेशन

सभापति पदमा ६ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

मेरोन्यूज २०७८ मंसिर २५ गते १७:०८

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा पार्टीको नयाँ नेतृत्वका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

एक सभापतिका लागि शेरबहादुर देउवासहित ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापतिमा कल्याण गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाको उम्मेदवारी परेको छ ।

यस्तै उपसभापति पदमा महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, दिवेश्वरी शाह र विजय गच्छदारको उम्मेदवारी परेको छ ।

यसैगरी दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरणमहत, डा.राजाराम कार्की र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले शनिवार बेलुका ५ बजेसम्मका लागि मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । तोकिएको समयभित्र सभापति पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सूची हेर्नुहोस्


प्रतिक्रिया