कांग्रेस महाधिवेशन
पौडेलको भविष्यः मौन समर्थन कि राजनीतिबाटै सन्यास ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी नेतृत्वको प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।
संस्थापन इतर पक्षका नेता पौडेलले अन्तिम समयसम्म पनि आफ्नो समूहलाई मिलाउन नसकेपछि आफै प्रतिष्पर्धाबाट बाहिरिए । उनी पक्षका नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले छुट्टाछुट्टै टिम बनाएर प्रतिष्पर्धामा उत्रिए ।
आफ्नो पक्षको यसअघिका पटक पटक भेलामा उनले आफू छाड्न तयार भएको तर एक जना उम्मेदवार बनाउनका लागि आग्रह गरेका थिए । सहमति नजुटेपछि उनले आफू राजनीतिबाटै सन्यास लिने समेत बताएका थिए ।
केन्द्रीय सदस्य पदमा समेत उम्मेदवारी नदिएपछि पौडेल कांग्रेसमा अब कस्तो भूमिकामा रहलान् भन्ने प्रश्न उब्जिएको उनी निकटका नेताहरुले बताएका छन् ।
आफ्नो टिम नमिले पनि पौडेलले अन्ततः सभापतिमा उम्मेदवारी दिने गरी नै प्रचारसामग्रीहरु तयार पारेका थिए । उनले टोपीदेखि माक्समा समेत आफ्नो तस्वीर छपाएका थिए ।
पौडेलले आफ्नो पक्षकालाई मिलाउन नसकेपछि पार्टीको चार वर्षे कार्यकालको नयाँ भूमिकाबाट बाहिर हुने भएका छन् । आगामी दिनमा संस्थापन इतर पक्षमा रहेर उनले विरोधका श्वरहरु गुञ्जाउन सक्नेछन् । तर पौडेललाई उनी पक्षकै नेता कार्यकर्ताले नटेरेपछि राजनीतिक भविष्य कमजोर बन्ने देखिएको छ ।
नेपाली कांग्रेसको अलग समूह भनेर चिनिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि जारी १४ औं महाधिवेशनमा पदमा उम्मेदवारी दिएनन् ।
तर उनले संस्थापन पक्षलाई फुटाएरै भए पनि आफ्नो पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउन सफल भएका छन् ।
सिटौला आफू टिममा नरहे पनि प्रदीप महामन्त्री बन्न सफल भए भने पनि सिटौलाका लागि जीत हुनेछ । उनले आगामी दिनमा पौडेलको सारथि बनेर बाहिरबाटै सहयोग गर्नुपर्ने अवस्था आउनेछ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया