कांग्रेस महाधिवेशन
पौडेलको भविष्यः मौन समर्थन कि राजनीतिबाटै सन्यास ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी नेतृत्वको प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।
संस्थापन इतर पक्षका नेता पौडेलले अन्तिम समयसम्म पनि आफ्नो समूहलाई मिलाउन नसकेपछि आफै प्रतिष्पर्धाबाट बाहिरिए । उनी पक्षका नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले छुट्टाछुट्टै टिम बनाएर प्रतिष्पर्धामा उत्रिए ।
आफ्नो पक्षको यसअघिका पटक पटक भेलामा उनले आफू छाड्न तयार भएको तर एक जना उम्मेदवार बनाउनका लागि आग्रह गरेका थिए । सहमति नजुटेपछि उनले आफू राजनीतिबाटै सन्यास लिने समेत बताएका थिए ।
केन्द्रीय सदस्य पदमा समेत उम्मेदवारी नदिएपछि पौडेल कांग्रेसमा अब कस्तो भूमिकामा रहलान् भन्ने प्रश्न उब्जिएको उनी निकटका नेताहरुले बताएका छन् ।
आफ्नो टिम नमिले पनि पौडेलले अन्ततः सभापतिमा उम्मेदवारी दिने गरी नै प्रचारसामग्रीहरु तयार पारेका थिए । उनले टोपीदेखि माक्समा समेत आफ्नो तस्वीर छपाएका थिए ।
पौडेलले आफ्नो पक्षकालाई मिलाउन नसकेपछि पार्टीको चार वर्षे कार्यकालको नयाँ भूमिकाबाट बाहिर हुने भएका छन् । आगामी दिनमा संस्थापन इतर पक्षमा रहेर उनले विरोधका श्वरहरु गुञ्जाउन सक्नेछन् । तर पौडेललाई उनी पक्षकै नेता कार्यकर्ताले नटेरेपछि राजनीतिक भविष्य कमजोर बन्ने देखिएको छ ।
नेपाली कांग्रेसको अलग समूह भनेर चिनिएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि जारी १४ औं महाधिवेशनमा पदमा उम्मेदवारी दिएनन् ।
तर उनले संस्थापन पक्षलाई फुटाएरै भए पनि आफ्नो पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउन सफल भएका छन् ।
सिटौला आफू टिममा नरहे पनि प्रदीप महामन्त्री बन्न सफल भए भने पनि सिटौलाका लागि जीत हुनेछ । उनले आगामी दिनमा पौडेलको सारथि बनेर बाहिरबाटै सहयोग गर्नुपर्ने अवस्था आउनेछ ।










गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया