कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुने
मेरोन्यूज
२०७८ मंसिर २६ गते ७:१४

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा आज उम्मेदवारी फिर्ता गर्न बिहान ११ बजेसम्म समय तोकिएको छ । शनिबार परेका उम्मेदवारहरूले आफ्नो फिर्ता गर्न समय छुट्याइएको हो ।
कांग्रेस निर्वाचन समितिले जनाएअनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आजै दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने भोलि (सोमबार) बिहान ८ बजेदेखि नै मतदान सुरु हुने जनाइएको छ ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि कांग्रेस केन्द्रीय समितिले राष्ट्रियसभा गृह, महेन्द्र पुलिस क्लब र भृकुटीमण्डपमा मतदान गर्ने व्यवस्था गरेको छ । मतदान मत पत्रमार्फत हुने व्यवस्था गरेको छ ।
कांग्रेसले पदाधिकारीसहित केन्द्रीय कार्य समितिको १ सय ३४ पदका लागि निर्वाचतन गर्ने भएको हो ।

सम्बन्धित










सरकार गठनका सय दिनकाे सम्बाेधन : सुशासन र चुनाव गर्न सरकार चट्टान झै दृढ रहेकाे प्रधानमन्त्री कार्कीकाे जिकिर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया