कांग्रेसको उम्मेदवारी दर्ताबाटै उठ्यो ६० लाख रुपैयाँ

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि कुल ५४८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १२१ सदस्यका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसबाट कांग्रेसको निर्वाचन समितिले करिब ६० लाख रुपैया संकलन गरेको छ ।
निर्वाचन समितिले सभापतिका लागि ३० हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकेको थियो । सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्यण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका थिए । सभापतिका ६ जना उम्मेदवारबाट मात्रै निर्वाचन समितिले एक लाख ८० हजार रुपैयाँ दर्ता शुल्क संकलन गरेको छ ।
यद्यपि, ६ जना सभापतिका उम्मेदवार मध्ये एक जना युवराज न्यौपानेले अहिले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दर्ता गरेरपछि फिर्ता लिए पनि दर्ता शुल्क फिर्ता हुँदैन ।
त्यस्तै, उपसभापतिमा सात जनाको उम्मेदवारी परेको थियो । उपसभापतिका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क २५ हजार रुपैयाँ निर्धारण गरेको थियो । ७ जना उपसभापतिका उम्मेदवारबाट कूल एक लाख ७५ हजार रुपैयाँ कांग्रेसको निर्वाचन समितिले संकलन गरेको छ ।
महामन्त्री पदका लागि निर्वाचन समितिले २० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको थियो । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । यसबाट कूल एक लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यसैगरी सहमहामन्त्री पदको उम्मेदवारी दर्ता शुल्क पनि निर्वाचन समितिले २० हजार नै तोकेको थियो । आठ सहमहामन्त्री पदमा २० जनाले उम्मेदवारी दिएका थिए । यसबाट निर्वाचन समितिले ४ लाख रुपैयाँ संकलन गरेको छ ।
जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारीका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको थियो । केन्द्रीय सदस्यका लागि मात्रै ५०९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जनाको उम्मेदवारीको शुल्क १० हजार रुपैयाँका दरले ५०९ जनाको उम्मेदवारी दर्ताबाटै ५० लाख ९० हजार रुपैया संकलन भएको निर्वाचन समितिले जनाएको छ ।
सभापतिदेखि सदस्यसम्मको यसरी दर्ता भएको उम्मेदवारीबाट कूलमा कांग्रेसको निर्वाचन समितिले ५९ लाख ९५ हजार रुपैयाँ संकलन गरेको छ । कूल एक सय ३४ पदका लागि पाँच सय ४८ जनाले मनोनयन दर्ता गराएका थिए । आइतबार कम्तिमा ५० जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
निर्वाचन समितिको कार्य तालिकाअनुसार भोलि सोमबार बिहान ८ बजेदेखि कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै छ










मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्वाचन प्रचारप्रसार गर्न बढीमा दुईवटा सवारीसाधन प्रयोग गर्न पाइने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया