कांग्रेसको उम्मेदवारी दर्ताबाटै उठ्यो ६० लाख रुपैयाँ

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि कुल ५४८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका थिए । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १२१ सदस्यका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका थिए । त्यसबाट कांग्रेसको निर्वाचन समितिले करिब ६० लाख रुपैया संकलन गरेको छ ।
निर्वाचन समितिले सभापतिका लागि ३० हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकेको थियो । सभापतिमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्यण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका थिए । सभापतिका ६ जना उम्मेदवारबाट मात्रै निर्वाचन समितिले एक लाख ८० हजार रुपैयाँ दर्ता शुल्क संकलन गरेको छ ।
यद्यपि, ६ जना सभापतिका उम्मेदवार मध्ये एक जना युवराज न्यौपानेले अहिले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दर्ता गरेरपछि फिर्ता लिए पनि दर्ता शुल्क फिर्ता हुँदैन ।
त्यस्तै, उपसभापतिमा सात जनाको उम्मेदवारी परेको थियो । उपसभापतिका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क २५ हजार रुपैयाँ निर्धारण गरेको थियो । ७ जना उपसभापतिका उम्मेदवारबाट कूल एक लाख ७५ हजार रुपैयाँ कांग्रेसको निर्वाचन समितिले संकलन गरेको छ ।
महामन्त्री पदका लागि निर्वाचन समितिले २० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको थियो । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो । यसबाट कूल एक लाख ५० हजार रुपैयाँ संकलन भएको छ । यसैगरी सहमहामन्त्री पदको उम्मेदवारी दर्ता शुल्क पनि निर्वाचन समितिले २० हजार नै तोकेको थियो । आठ सहमहामन्त्री पदमा २० जनाले उम्मेदवारी दिएका थिए । यसबाट निर्वाचन समितिले ४ लाख रुपैयाँ संकलन गरेको छ ।
जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारीका लागि निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको थियो । केन्द्रीय सदस्यका लागि मात्रै ५०९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जनाको उम्मेदवारीको शुल्क १० हजार रुपैयाँका दरले ५०९ जनाको उम्मेदवारी दर्ताबाटै ५० लाख ९० हजार रुपैया संकलन भएको निर्वाचन समितिले जनाएको छ ।
सभापतिदेखि सदस्यसम्मको यसरी दर्ता भएको उम्मेदवारीबाट कूलमा कांग्रेसको निर्वाचन समितिले ५९ लाख ९५ हजार रुपैयाँ संकलन गरेको छ । कूल एक सय ३४ पदका लागि पाँच सय ४८ जनाले मनोनयन दर्ता गराएका थिए । आइतबार कम्तिमा ५० जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
निर्वाचन समितिको कार्य तालिकाअनुसार भोलि सोमबार बिहान ८ बजेदेखि कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै छ

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया