बंगलादेशका २ क्रिकेटरमा भेटियो ओमिक्रोन भाइरस
मेरोन्यूज
२०७८ मंसिर २६ गते १२:२२

काठमाडौँ । बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । शनिबार सरकारले नयाँ भेरियन्टका संक्रमित भेटिएका जनाएको छ । स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार जानकारी दिएका हुन् । उनले दुई जनामा यो संक्रमण पाइएको जानकरी दिए ।
उनका अनुसार बंगलादेशको क्रिकेट टिमका २ जना क्रिकेटरमा संकमण भेटिएको छ । स्वास्थ्यमन्त्री मलेकले ती दुई जना खेलाडी हालै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा भेरियन्ट देखिएको बताइएको हो । यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो ।
भारतमा सुरुका भेटिएका सङ्क्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो । यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ । रासस
सम्बन्धित










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया