नेप्से परिसूचक ८८.७० अंकले गिरावट

काठमाडौँ । साताको पहिलो दिनको (आइतबार) कारोबार नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ । मौद्रिक नीतिको समिक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचकमा आइतबार पनि भारी अंकले तल झरेको छ । आइतबार शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ । ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकिएको छ । गत बिहिबार नेप्से सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा रोकिएको थियो ।
आज सेन्सेटिभ इण्डेक्स १५.१५ अंक घटेर ४५०.०८ विन्दुमा झरेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ६.१६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१९ अंक घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहिबार २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको सेयर किनबेच थियो ।
आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ७.४५ प्रतिशत घटेको छ । विकास बैंक, ६.४१ प्रतिशत, जलविद्युत, वित्त, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतले घटेको छ । त्यस्तै,आज उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
सबै उपसमूहमा गिरावट देखिए पनि आज युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तको शेयरमूल्य २ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक १.४६ प्रतिशत र मञ्जुश्री फाइनान्सको १.१५ प्रतिशत बढेको छ । आज सबैभन्दा बढी नयाँ सारथी लघुवित्तको १० प्रतिशत घटेका छ भने लक्ष्मी इक्विटी फण्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्सको सबैभन्दा बढी १९ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने नेशनल हाइड्रोपावर र नबिल बैंकको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया