नेप्से परिसूचक ८८.७० अंकले गिरावट

काठमाडौँ । साताको पहिलो दिनको (आइतबार) कारोबार नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ । मौद्रिक नीतिको समिक्षा पछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्से परिसूचकमा आइतबार पनि भारी अंकले तल झरेको छ । आइतबार शेयर बजार मापक नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको छ । ८८.७० अकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकिएको छ । गत बिहिबार नेप्से सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा रोकिएको थियो ।
आज सेन्सेटिभ इण्डेक्स १५.१५ अंक घटेर ४५०.०८ विन्दुमा झरेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ६.१६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ५.१९ अंक घटेको छ । आज कारोबारमा आएका २२८ कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहिबार २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको सेयर किनबेच थियो ।
आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै ७.४५ प्रतिशत घटेको छ । विकास बैंक, ६.४१ प्रतिशत, जलविद्युत, वित्त, निर्जीवन बीमा र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतले घटेको छ । त्यस्तै,आज उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
सबै उपसमूहमा गिरावट देखिए पनि आज युनिलिभर नेपाल र स्वाभिमान लघुवित्तको शेयरमूल्य २ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक १.४६ प्रतिशत र मञ्जुश्री फाइनान्सको १.१५ प्रतिशत बढेको छ । आज सबैभन्दा बढी नयाँ सारथी लघुवित्तको १० प्रतिशत घटेका छ भने लक्ष्मी इक्विटी फण्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्सको सबैभन्दा बढी १९ करोड ७७ लाख ४० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ भने नेशनल हाइड्रोपावर र नबिल बैंकको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।










निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया