कांग्रेस महाधिवेशन
के देउवा पार्टीमा चुनाव लड्दैं गर्दा डराएका छन् ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवा फेरि सभापतिमा दोहोरिने उत्कट आकांक्षासहित पार्टीको महाधिवेशनमा सभापतिका उम्मेदवार छन् ।
उनले फेरि कांग्रेसलाई नेतृत्व गर्न पाउने/नपाउने महाधिवेशन प्रतिनिधीहरुले सोमबार ब्यालेट पेपरमा ब्यक्त गर्ने मतले निर्धारण गर्नेछ । तर यसपटक उनी आफै ढुक्क देखिएका छैनन ।
संसदीय चुनावमा कतिपय समय वारेसनामाका आधारमा गृहजिल्ला डडेलधुरामा उम्मेदवारी दर्ता गरेपछि आक्कलझुक्कल मतदातासँग पुगेपनि चुनाव उनले सहज जित्दै आएका थिए । पार्टी महाधिवेशनमा पनि १३ औं मा बरिष्ठ नेता रामचन्द्र पौडेलसँगै उनी सभापति चुनाव लडदै गर्दा पनि खासै मत माग्न मैदानमै ओर्लिएका थिएनन । अघिल्लो महाधिवेशनमा उनले हरेक प्रतिनिधिलाई व्यक्तिगत रूपमा पत्र लेखेर मत मागेका थिए ।
तर यसपटक देउवा महाधिवेशनको उदघाटन शत्र देखि नै निक्कै दौडधुपमा लागेका छन् । मतदातासँग त उनले पार्टी महाधिवेशनको उदघाटन शत्रमै आफुलाई एकपटक जिताईदिन खुलेआम आग्रह गरेका थिए ।
महाधिवेशन उदघाटन यता उनले ब्यक्त गरेका केही तर्क यस्ता छन् :-
‘जुन दिन मेरो सरकार वन्यो, त्यसदिनवाट सारा देशले मुक्ति पाएको जस्तो भए । सव मानिसले ओलीको शासनवाट मुक्ति पाए । यस्तो अवस्था थियो । मुक्तिवाट वचाउने हो या नवचाउने हो ? साथीहरु । यसका लागि यो महाधिवेशनले तय गर्छ । तानाशाही सरकार नआओस भन्नका लागि निर्णय गर्नुपर्छ महाधिवेशनले । आउँदो सरकार काग्रेसको हुन्छ – गाँउ देखि केन्द्रसम्म । त्यो जिम्मा मेरो भयो । भोलि स्थानिय चुनाव हुन्छ, माथिल्लो तहको चुनाव हुन्छ । यो सरकार रहीरहयो भने स्थानिय सरकार कांग्रेसको हुन्छ । काग्रेसको सरकार रहीरहयो भने राष्टिय सरकार कांग्रेसको हुनेछ । त्यसका लागि मलाई एकपटकलाई जिताईदिनुस ।’
(२४ मंसिरमा भृकुटीमण्डपमा पार्टी महाधिवेशन उदघाटन मन्तब्य ब्यक्त गर्ने क्रममा सिधै मतदातासँग मत माग्दै)
‘आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन मैले सभापतिमा उम्मेदवारी दिएको छु । मेरो नेतृत्वमा आगामी तिनै तहको निर्वाचनमा जाँदा पक्कै पार्टीको बहुमत आउँछ । सभापतिको पहिलो चरणमा नै म विजयी हुनेछु ।’
(२५ मंसिरमा राष्टियसभा गृहमा पार्टी सभापतिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिने त्रममा)
‘म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु। सभापतिमा हारें भने प्रधानमन्त्री हार्यो भन्छन्, नैतिकताको कुरा उठाउँछन्। यो सरकार चुनावसम्म चल्दैन, मैले जित्नुको अर्थ चुनावसम्म यही सरकार हुन्छ। त्यसपछि भोलि गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार हुन्छ। सार्वभौम जनता कसैसँग डराउनु हुँदैन। तर हिजो गाउँ(गाउँमा हाम्रा साथीहरू डराएका थिए। अहिले मैले ओलीको त्यो डर त्रासबाट मुक्त गराएको छु। यस्तै अवस्था रहिरहनका लागि पनि मैले सभापति जित्नु पर्छ ।’
(२६ मंसिरमा लैनचौरको एक बैंक्वेटमा आदीबासी जनजाती विभागले आयोजना गरेको महाधिवेशन प्रतिनिधीहरुसँगको कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा)
‘म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ। राष्ट्रिय चुनावसम्मका लागि। त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले। त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छन्। मैले पार्टी सभापति जित्नु आवश्यक छ। नत्र भोलिपल्टै शेरबहादुर त हार्यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन्। प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छरु अघिल्लो पटक के भएको थियो हालतरु त्यसकारण प्रधानमन्त्री नेपाली काँग्रेसको हुनु आवश्यक छ । मैले सभापति जित्न आवश्यक छ।’
(मंसिर २६ गते आयोजित एक कार्यक्रमलाई सम्वोधनका क्रममा)
देउवाका यी अभिब्यक्तिले पनि देखाउँछ- यसपटक देउवा आफै चुनावी अभियानमा भिडेरै लागेका छन् । सभापतिमा सस्थापन इतर समुहकै प्रभावशाली नेताहरु शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराउनु, आफनो समुहमा रहेका विमलेन्द्र निधिले महिनौं अगाडी देखि आफुवाट छुटिटएर सभापतिको तयारी गर्दापनि वलियो समुह निर्माण गर्न नसक्नु र देशभरका जिल्ला र प्रदेश चुनाव र महाधिवेशन प्रतिनिधीको अन्तिम नामावलीसम्मले देउवालाई जित निकाल्न सहज हुने अनुमान देउवा निकट नेताहरुले गरिरहेका छन् ।
तर पनि देउवा भने विश्वस्त हुन नसकेको यी माथीका अभिब्यक्ति र उनले गरेको अन्य दौडधुपका कार्यक्रमले देखाउँछ । देउवा आफनो उम्मेदवारी दर्तापछि कुनै पनि पदमा उम्मेदवारी नै नदिई सभापतिको रेसवाट वाहिर रहेको वक्तब्य दिएका रामचन्द्र पौडेल भेटन पौडेल निवास बोहोराटार पुगेका थिए ।
वोहोराटारमा प्रधानमन्त्री देउवाले पौडेलसाग ४५ मिनेट लामो सम्वाद गरेका थिए । ‘देशका लागि अझै तपाईंको आवश्यकता छ। राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्,’ देउवाले पौडेलसँगको भेटमा आग्रह गरेको भनी विषय सार्वजनिक भएका छन् । तर पौडेलसँग देउवाले ४५ मिनेट लामो सम्वादका क्रममा अन्य के के कुरा भए भन्ने कुरा खुल्न सकेको छैन ।
यसभित्र कुनै गोप्य सम्झौता देउवाले पौडेलसँग गरेका त छैनन ? भन्ने आशंका पनि उत्तिकै काग्रेसीजनका वीचमा चर्चा सुनिन्छ ।
त्यस अतिरिक्त पनि देउवा आइतबार दिउँसो आफनो ब्यस्त कार्यतालिकाका वीचमा पनि भृकुटीमण्डपस्थित मेसमा पुगेर महाधिवेशन प्रतिनिधीहरुसँगै खाना खान पुगेका थिए ।

यी सवै गतिविधिले देउवा यसपटक महाधिवेशनमा आफै डराएको देखिएको विश्लेषण पनि कांग्रेसीजनको देखिन्छ । उनले आफ्नै समुहका नेताहरुलाई पाखा लगाएर कृष्णप्रसाद सिटौला समुहलाई साथ शुरुमै लिएका छन् । आफ्नै समुहभित्रका महामन्त्रीका आकाक्षी प्रभावशाली नेताहरु एनपि साउद, ज्ञानेन्द्रवहादुर कार्की, बालकृष्ण खाँण लगायत नेतालाई पन्छाएर सिटौला समुहका प्रदीप पौडेललाई महामन्त्रीमा आफनो समुहभित्र समेटेका छन् ।
यसले देउवा आफनो समुहभित्रका अन्यले जिते/नजिते पनि आफु भने जसरी पनि जित्नुपर्ने गरी अभियानमा लागेका छन् । उनलाई दक्षिणी छिमेकी मुलुक भारतले पनि सभापतिमा ग्रिन सिंग्नल नदेखाई शेखर कोइराला लगायतप्रति सदभाव राख्नु, चुनाव दोस्रो चरणमा जादा अहिले आफुसँग सभापतिमा प्रतिस्पर्धामा उत्रेका सवै नेताहरुको महागठवन्धन बन्न सक्ने देखेर पनि देउवा निक्कै हतास देखिएको हुनसक्ने अनुमान काग्रेसका विश्लेषकहरुको सुनिन्छ ।
सोही कारण देउवा अहिले सभापतिको चुनाव दोस्रो चरणमा जानै नदिई पहिलो चरणमै बाजी मार्ने गरी दौडधुपमा लागेका देखिन्छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया