कांग्रेस महाधिवेशन
कांग्रेसका उम्मेदवारः को कति बलियो ?
नेतृत्वमा देउवा बलियो, प्यानल कमजोर

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सोमवार विहानबाट मतदान हुँदैछ । सोमबार हुने मतदानबाट को निर्वाचित हुने निश्चित गर्नेछ ।
महाधिवेशनमा संस्थापन (शेरबहादुर देउवा) पक्ष र संस्थापन इतर पक्षबीच प्रतिष्पर्धा हुने भनिए पनि मनोनयन दर्ताको अन्तिम समयमा दुई पक्षको गुट तितरबितर भयो ।
आफ्नो गुटमा नसमेटिएपछि धेरै जनाले कित्ता बदलेर भए पनि उम्मदेवारी दिए । खासगरी संस्थापन इतर पक्षमा साझा सहमति नजुट्दा सभापतिका चार आकांक्षीमध्ये मुख्य मनिएका रामचन्द्र पौडेल प्रतिपष्पर्धाबाटै बाहिरिए ।
सभापति पदका अर्का आकांक्षी पूर्व महामन्त्री डा. सशांक कोइरालाले अन्तिम समयमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए ।
सभापति पदमा तेह्रौं अधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित पाँच जनाको उम्मेदवारी छ । देउवासहित डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ नेतृत्वको प्रतिष्पर्धामा छन् । तर पनि देउवा, कोइराला र सिंहबीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।
उम्मेदवार मनोनयनसम्म आइपुग्दा देउवाबाहेक अरु टिमले सिङ्गो प्यानल खडा गर्न नै असमर्थ भयो । अन्तिमसम्म पनि संस्थापन इतर पक्षका नेता रामचन्द्र पौडेल कुनै समूहमा पनि नखुलेपछि मत बाँडिने निश्चित छ । मुख्य तीन प्रतिष्पर्धी मध्ये पहिलो चरणमा पहिलो हुने विश्वास कोइराला र सिंहलाई छैन । बलियो मानिएका देउवाले पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त नगरे दोस्रो चरणमा खतरा हुने निश्चित छ । त्यसैले देउवा पहिलो चरणमै विजयी बन्ने रणनीतिमा छन् ।
दुई उपसभापति पदमा सात प्रतिष्पर्धी छन् । देउवाले कांग्रेस त्यागेर लामो समय मधेस आन्दोलनमा लागेका र भ्रष्टाचार आरोपमा जेल परेका विजय गच्छदार र पूर्णबहादुर खड्कालाई उपभापति उठाएका छन् । तर उपसभापतिमा कांग्रेसका हस्तीहरु महेश आचार्य, डा. चन्द्र भण्डारी, धनराज गुरुङ प्रतिष्पर्धामा छन् । भण्डारी र गुरुङ उपसभापतिमा बलियो देखिएका छन् ।
यस्तै, दुई महामन्त्री पदमा पनि ६ जना प्रतिष्पर्धी छन् । देउवाले कृष्ण सिटौला पक्षका प्रदीप पौडेल र डा. प्रकाशशरण महतलाई उठाएका छन् । उनीहरुलाई देउवाबाट असन्तुष्ट भई प्रकाशमान प्यानलबाट विश्वप्रकाश शर्मा र शेखर प्यानलबाट गगन थापा र डा. मिनेन्द्र रिजालले चुनौति दिएका छन् । जुनसुकै प्यानलबाट भए पनि शर्मा र थापा महामन्त्रीमा बलियो देखिएका छन् ।
विभिन्न आरक्षण पद अन्तर्गतको सहमहामन्त्रीको ८ पदमा पनि देउवाका सबै उम्मेदवार बलियो देखिएका छन् ।
महाधिवेशनमा विगतदेखिको गुटहरु तितरवितर भएकै कारण महाधिवेशनका ४ हजार ७ सय ४३ मतदाताले उम्मेदवार हेरेर मतदान गर्ने सम्भावना बढी रहेको छ । यसले गर्दा कांग्रेस महाधिवेशनमा मिश्रित परिणाम आउने सम्भावना देखिएको छ ।
यो पनि पढ्नुस्
देउवाको अन्तिम सूचीमा को(को परे ? (सूचीसहित)
















प्रतिनिधि सभा निर्वाचनकाे लागि हिमाली जिल्लाको अवस्था बुझ्न प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
प्रतिक्रिया