कांग्रेस महाधिवेशन
अन्ततः देउवाको प्यानलमा समेटिए सशांक (सूचीसहित)
देउवाको सचिवालयले गर्यो मध्यरातमा सशांक र पौडेल परिवारको फोटो सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेरबहादुर देउवाको आधिकारिक प्यानलमा पूर्व महामन्त्री डा. सशांक कोइराला समेटिएका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाको सचिवालयले मध्यरातमा देउवा–सशांक भेट गरेको फोटोसमेत सार्वजनिक गर्दै आधिकारिक लिष्टमा नाम समेटेको हो ।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिको निर्वाचनमा देउवालाई समर्थन गर्ने सहमति भएको दाबी गरेका छन् । तर पौडेलले भने आफू कतै नखुली आइतबार बेलुका विवेक प्रयोग गर्न नेता कार्यकर्तालाई अपिल गरेका थिए ।
सभापतिमा संस्थापन इतरका डा. शेखर कोइराला र प्रकाशमान सिंहको छुट्टाछुट्टै समूह प्रतिष्पर्धामा उत्रिएपछि पहिलो चरणमै निर्वाचित हुने प्रयासमा देउवाले आइतबार सशांक र पौडेललाई भेट गरी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

पौडेललाई भेट्न देउवा आइतबार विहान बोहोराटार पुगेका थिए । त्यस्तै, दिउँसो सशांक बालुवाटार पुगेर देउवालाई भेटेका थिए । देउवालाई भेटेपछि सशांकको नाम देउवा प्यानलमा समेटिएको हो ।
बालुवाटारको यस्तो दाबीमा दुबै नेता र तिनको सचिवालयले केही बोलिसकेका छैनन् ।
देउवाकाे प्यानलकाे सूची हेर्नुहाेस्
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया