बार्सिलोना ओसासुनासँग बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गएरातीको खेलमा बार्सिलोना ओसासुनासँग बराबरीमा रोखिएको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २–२ गोलको बराबरी रोकिएको हो ।
ओसासुनाको घरेलु मैदानमा १२ औं मिनेटमा गोल गर्दै निको गोन्जालेजले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा ओसासुनाका डाभिड गार्सियाले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काए ।
पहिलो हाफमा एक एक गोलको बराबरी खेलेको दुवै टिमले दोस्रो हाफको खेलमा पनि एक एक गोल थपेपछि खेल बराबरीमा टुंगियो ।
खेलको ४९ औं मिनेटमा बार्साका अब्डे इजालजुलीले गोल गरेका थिए भने ८७ औं मिनेटमा ओसासुनाका इजिक्वेल एभिलाले गोल गरी बराबरी तुल्याए ।
बराबरीसँगै १६ खेलमा २४ अंक जोडेको बार्सिलोना तालिकाको आठौं स्थानमा छ भने ओसासुना २२ अंकका साथ दशौँ स्थानमा रहेको छ । लिगमा ४२ अंकका साथ रियल मड्रिड शीर्ष स्थानमा रहेको छ ।
यस्तै, आइतबार रातीको अर्को खेलमा रियल मड्रिडले एटलेटिको मड्रिडलाई २ –० ले पराजित गरेको छ ।


















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रतिक्रिया