चुनाव जित्न देउवाको यस्तो प्रोपोगाण्डा !
सशांकको स्वकीय सचिव तिवारी भन्छन्– सशांक शेखरकै टिममा

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार शेरबहादुर देउवा समूहले प्रोपोगण्डा मच्चाएको इतर पक्षले आरोप लगाएको छ ।
मध्यरातमा देउवा सचिवालयले देउवासँगै बसेको नेता रामचन्द्र पौडेल परिवारसहितको तस्वीर र देउवासँग भेट गरेको डा. सशांक कोइरालाको तस्वीर सामाजिक सञ्जालमा राखेर देउवालाई समर्थन गरेको जनाएका थिए ।
सशांकको स्वकीय सचिव भरत तिवारीले त्यसको खण्डन गर्दै सशांक शेखरकै टिममा रहेको स्पष्ट गरेका छन् ।
शंशाकको स्वकीय भरत तिवारी भन्छन्– ‘डाक्टर साब शेखरको पक्षमा हुनुहुन्छ देउवा समूहले सशांकलाई आफ्नो समूहमा भनेछ,त्यसमा सत्यता छैन ।’
शेखरको प्यानलका महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल सशांक निकटका हुन् । यसअघि सशांक संस्थापनइतरबाट सभापतिका आकांक्षी थिए ।
यस्तै, आइतबार दिउँसो सशांक कोइराला र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । आइतबार रातिबाट कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको समर्थन आफूहरुलाई रहेको भनी देउवा समूहले प्रचार गरेको थियो।
रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले पनि यो विषयमा खण्डन गरेका छन् । उनले आफ्नो बुवाले देउवा पक्षलाई समर्थन गरेको कुरा झुठो भएको बताए ।
‘बुवा (रामचन्द्र) ले सभापति पदका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने कुरा एकदमै झुटो हो ।’ चिन्तनले भने ।










निर्वाचन तयारीबारे आज प्रधानमन्त्रीसहित सर्वपक्षीय छलफल
महाधिवेशन राेक्न खाेजे विशेष महाधिवेशन हुन्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
देशभरको न्यूनतम तापक्रम बढ्याे
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया