मंगलबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय

काठमाडौँ । संघीय संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । संसद सचिवालयले सोमबार भोली बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।
कार्यसूची अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको संसद आव्हानसम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने छन् । यस्तै सभामुख सापकोटाले अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने, विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले तीनवटा अध्यादेश पेश गर्नेछन् । गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रसायनीक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्नेछन् ।
त्यस्तै भौतिक पुर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्व अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंशाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बनधी अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची रहेको छ । प्रतिनिधि सभाको बैठक मंगलबारका लागि बोलाइएको छ ।

















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया