बुधबार, फागुन २०, २०८२

नेप्सेमा उच्च अंकको गिरावट

मेरोन्यूज २०७८ मंसिर २७ गते १७:३५

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९.५७ अंकले ओरालो लागेर दुई हजार २८१.६७ अंकमा ओर्लेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

केही समय पहिले बुलिस टे«ण्डमा अगाडि बढेको बजार वियरिसमा झर्दा यो हालसम्मकै कम बिन्दुमा आइपुगेको हो । नेप्से झण्डै ११०० अंकले घटेको छ भने बजार पूँजीकरण १२ खर्बले घटेको छ । नेप्सेका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.४७ अंकले घटेर ४३७.५९ मा ओर्लिएको छ । कूल २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर तीन अर्ब ९९ करोड ५६ लाख चार हजार १७८ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३४.११, व्यापार ९९.११, होटल तथा पर्यटन ५४.९२, विकास बैंक २११.७६, जलविद्युत् १०५.८२, वित्त १०९.७८, निर्जीवन बीमा ५४५.९८, उत्पादन १७१.७२, अन्य ६९.३५, लघुवित्त १८७.३३, जीवन बीमा ४२५.३३, सामूहिक लगानी कोष ०.२४ र लगानी ३.५५ अंकले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण ३२ खर्ब सात अर्ब ७८ करोड १० लाख ९५ हजार ९० बराबर पुगेको छ ।

कारोबारका आधारमा सोमबार नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १८ करोड तीन लाख ५९ हजार ३०२ बराबरको कारोबार भयो । यस्तै, नेशल हाइड्रोपावर १३ करोड ४१ लाख ९८ हजार ३३०, हिमालयन डिस्टिलरी १२ करोड आठ लाख २६ हजार ४५०, मञ्जुश्री फाइनान्स १० करोड ९२ लाख ९५ हजार ७७४ रमहालक्ष्मी विकास बैंक १० करोड १३ लाख आठ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार गुर्खाज फाइनान्स ९.४७, बोटलर्स नेपाल तराई ५.४०, युनिलिभर नेपाल ४.०३, माउण्टेन इनर्जी ३.९२ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले घटेको बजारमा २.०५ प्रतिशतले कमाए । स्वाभिमान लघुवित्त ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६३, नेशनल हाइड्रोपावर ९.४८, गुडविल फाइनान्स ९.४२ र आँखु खोला जलविद्युत् कम्पनीको शेयर ९.२७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया