थापाको लिङ्देनलाई पत्र-महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गरियोस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनसँग महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् । सोमबार लिङ्देनलाई पत्र लेखेर थापाले पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका हुन् ।
निर्मल निवासबाट कोही पनि सुरक्षित नभएको भन्दै उनले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न आग्रह गरेका छन् । थापाले पत्रमा भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्नुहोस् ।’
थापाले राजसंस्था र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाबारेमा पार्टीभित्र बहस गर्न पनि लिङ्देनलाई आग्रह गरेका छन् । अध्यक्ष निर्वाचित भएका लिङ्देनलाई बधाई दिँदै थापाले तपाईंको योग्यता र क्षमताबाट आफू प्रभावित भएको उल्लेख गरेका छन् ।














सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया