मतदाता नामावली संकलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका कार्यालय परिसरमा फोटोसहितको मतदाता नामावली संकलन गर्न पुगेका कर्मचारीमाथि कुटपिट भएको छ । बेथानचोक गाउँपालिका–२ का विष्णुप्रसाद सापकोटा अर्को जिल्लामा विवाह भएर गएको छोरीको विवरण भर्न आएपछि के गर्ने भन्ने विषयमा भएको विवादमा नामावली दर्ता गर्ने कर्मचारी कमल नेपालमाथि आइतबार कुटपिट भएको जनाएको छ ।
नामावली संकलनको क्रममा बेथानचोकबाट नै नाम दर्ता गर्ने क्रममा आफूमाथि कुटपिट भएको दर्ता गर्ने कर्मचारी कमल नेपालले बताए । “ममाथि सुनियोजित तरिकाले आक्रमण भयो”, उनले भने, “आक्रमण गर्नेलाई कानुनी कारबाहीको माग गरेको छु ।”
जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईले भने पीडितसँग बुझेर आवश्यक कारबाहीको प्रक्रिया चाल्ने बताए । “कर्मचारी नेपालका अनुसार काम गरिरहेको स्थलमा नै कुटपिट भएको भन्ने जानकारी दिनुभएको छ”, उनले भने, “पीडितबाट आएको निवेदनको आधारमा आवश्यक कारबाहीको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विवरण पेश गर्नेछु ।”











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया