श्रम प्रशासन सुधारमा आइएलओको सहयोग
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक सामग्री सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा आइएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरे । आइएलओले पाँच वटा मोटरसाइकल, २४ वटा ल्यापटप, प्रिन्टरलगायत सामग्री मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
सहयोग हस्तान्तरण गर्दै निर्देशक होवार्डले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने श्रमिकको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दै आएको बताए ।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिए । आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्था अन्तराष्ट्रिय श्रम सङ्गठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले विश्वभर काम गर्दै आएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया