एमसीसीविरोधी दलहरु एक ठाउँमा, संसद भवन चारैतिरबाट घेराउ गर्ने तयारी

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् ।
मंगलबार शुरु हुन लागेको संघीय संसदको दशौं अधिवेशनमा एमसीसीको प्रस्ताव लैजान लागेको भन्दै दलहरु आन्दोलित भएका हुन् ।
माओवादी नेता नारायण शर्माको संयोजकत्वमा गठिन एमसीसी खारेज अभियानले मंगलबार काठमाडौंका नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्न लागेको हो ।
संघीय संसदको तीन वटा आर्कबाट प्रदर्शन गर्ने तयारी गरिएको अभियानका संयोजक नारायण शर्माले जानकारी दिए ।
पूर्वी आर्क शान्तिनगर गेट अगाडि, पश्चिमी आर्क एभरेस्ट होटेल अगाडि र उत्तरी आर्क व्हाइट हाउस कलेज अगाडिबाट घेराउ गर्ने शर्माले बताए । उनीहरुले अपरान्ह १२ः ३० देखि प्रदर्शन गर्ने जनाएका छन् ।
एमसीसीको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपासहित २६ भन्दा बढी दल तथा संगठनहरु अभियानमा सहभागी छन् ।
देशब्यापी आन्दोलन थालेको एमसीसी खारेजी अभियान अन्तर्गत संयुक्त संघर्ष समिति चितवनले मंगलबार चितवन जिल्ला बन्द गराएको छ ।
चितवन बन्दको क्रममा प्रहरीले मंगलबार विहानै क्रान्तिकारी माओवादीका चितवन इन्चार्ज घनश्याम सापकोटा ‘विकास’लाई पक्राउ गरेको छ ।
अभियानका केन्द्रीय संयोजक शर्माले आज नै विज्ञप्ति जारी गरी सापकोटालाई पक्राउ गरिएकोमा निन्दा गर्दै ससम्मान शीघ्र रिहाईको माग गरेका छन् । संघर्ष समितिले सोमवार काठमाडौंस्थित एमसीए कार्यालय अगाडि प्रदर्शन गरेको थियो ।
संसदको अधिवेशन आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।










जेनजी आन्दोलन : मानव अधिकार आयोग पुगेर मेयर बालेनले दिए बयान
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया