आइतबार, पुष ६, २०८२

पौडेलको चियापानमा प्रधानमन्त्री देउवा सहभागी

मेरोन्यूज २०७८ मंसिर २८ गते १०:३९

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभई तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधीका लागि अहिले आयोजना गरिरहेको चियापान कार्यक्रममा प्रधानमन्त्री शेरवहादुर देउवा पनि सहभागी भएका छन् ।

सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेसँगै रामचन्द्र पौडेलसाग पनि नजिकिन खोजिरहेका प्रधानमन्त्री देउवा पौडेलको चियापान कार्यक्रममा पुगेका हुन् ।

पौडेलले मंगलबार बिहान लैनचौर ब्यांकेटमा चियापान कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया