अर्जेन्टिनाका स्ट्राइकर सर्जियो सन्यासको तयारीमा
मेरोन्यूज
२०७८ मंसिर २८ गते ११:४६

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोले खेल जीवनबाट सन्यासको घोषणा गर्ने भएका छन् ।
स्वास्थ्य समस्याको कारण अग्युरोले सन्यासको तयारी गरेको बीबीसीले जनाएको छ । ३३ वर्षीय अग्युरो पछिल्लो समय चोट लागेर आराम गरिरहेका छन् ।
बार्सिलोनाका स्ट्राइकर अग्युरोले अक्टोबरबाट कुनै पनि खेल खेलेका छैनन् । पछिल्लो पटक उनले ३० अक्टोबरमा अल्भेसविरुद्ध खेलेका थिए । छातीमा समस्या देखिएपछि उनी त्यस खेलमा सब्सिच्युड भएका थिए ।
अग्युरो जारी सिजनमा भने बार्सिलोनामा अनुबन्धित भएका थिए । अग्युरोले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका थिए । सिटीमा १० वर्ष बिताएर अग्युरो स्पेन आएका हुन् ।
अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् । अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
अग्युरोले सिटीका लागि मुख्य १५ उपाधि जितेका छन् ।
सम्बन्धित


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया