आफ्नै परिवारकी सुजताले किन छाडिन् शेखरलाई ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि एक चरणको निर्वाचन भई परिणाम आइसकेको छ । पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत नपुग्दा पुनः मंगलबार नै सभापति पदका लागि मतदान हुँदैछ ।
महाधिवेशनमा संस्थापन पक्ष र इतर पक्षमा आपसी खिचातानीले गर्दा गुटहरु तितरबितर भएका थिए । जसका कारण अन्तिम समयमा सभापति पदमा मात्रै पाँच जना प्रतिष्पर्धामा उत्रिए ।
पाँच प्रतिष्पर्धी मध्ये संस्थापन इतरकै प्रकाशमान सिंहको प्यानलमा उपसभापति पदमा लडेकी सुजताले सभापति पदको दोस्रो चरणको निर्वाचनमा पनि शेखर कोइरालालाई साथ नदिने भएकी छन् ।
सिंह पक्षबाट उपसभापति पदकी उम्मेदवार सुजता र महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्मासँग सल्लाहमा सिंहले देउवालाई समर्थन जनाएका छन् ।
देउवासँगको पछिल्लो समीकरणका लागि सिंहसँगै सुजता पनि पुगेकी थिइन् । सूजतालाई साथमा राखेर उनकै सल्लाहमा देउवालाई समर्थन गरको सिंहले घोषणा गरे ।
नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफू प्रतिष्पर्धामा उत्रिएको भए पनि देशैभरका बहुमत कार्यकर्ता देउवाका पक्षमा देखिएकाले देउवालाई समर्थन गरेको सिंहको भनाइ थियो । यद्यपी देउवाले कार्यशैलीहरु परिवर्तन गर्नुपर्ने अवस्था रहेको सिंहले बताए । पार्टीको विधान संशोधन लगायतका कामहरु गर्नुपर्ने भएकाले त्यसमा पनि सल्लाह गरेर नै गर्ने बचन देउवाले सिंहलाई दिएका छन् ।
पहिलो चरणमा दोस्रो बन्ने दाउ शेखरको मात्र होइन, प्रकाशमानको पनि थियो । तर उनलाई कार्यकर्ताले पत्याएनन्, तेस्रो स्थानमा पुगे ।
दोस्रो चरणमा मतदान हुने अवस्थामा आफूलाई संस्थापन इतर पक्षका सबैले साथ दिने अपेक्षा शेखरको थियो ।
प्रकाशमान टिमकी सूजता आफ्नै परिवारकी हुन् । त्यसैले उनीप्रति पनि शेखरको भरोसा थियो । राजनीतिमा जे पनि हुन्छ भने झैं सूजताले पनि देउवालाई समर्थन गर्नुमा शक्तिको होडको मात्र नभई पारिवारिक विषय भएको निकट स्रोतले बताएको छ ।










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया