संसद अधिवेशन आज देखि
एमालेले संसद अझै चल्न नदिने
ओली भन्छन् : नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन, सभामुखलाई भन्छु धम्की दिनुपदैन

काठमाडौं । नेकपा एमालेले आज देखि बोलाइएको संसदको हिउँदे अधिवेशन पनि चल्न नदिने भएको छ । आफुहरुले कारवाही गरेका सांसदलाई कारवाही नगरेसम्म र कारवाही गरेका सांसद संसद वैठकमा आउने वातावरण बनिरहँदा सम्म एमालेले संसद चल्न नदिने भन्दै यस अगाडी पनि निरन्तर संसद बैठक अवरुद्द गदै आईरहेको थियो ।
त्यसपछि वीचमा केही समय अवरोध र नारावाजीकै वीचमा चलेको बैठकमा पनि एमाले सहमतिमा नआउँदा संसद अधिवेशन नै अन्त्य गर्ने निर्णयमा सरकार पुगेको थियो ।
त्यसपछि आज देखि बोलार्ईएको हिउँदे अधिवेशन पनि एमालेले चल्न नदिने निर्णय लिएको हो । संसद बैठक अगाडी वसेको एमाले संसदीय दलमा अध्यक्ष केपी ओलीले कारवाही गरेका सांसदहरु संसदमा रहँदा र आईरहँदा सम्म संसद चल्नै नदिने फेरि दोहोराएका हुन् ।
ओलीले संसदीय दलको बैठकलाई सम्वोधन गदै भने, हाम्रो विरोधको कार्यक्रम निरन्तर रहने छ । हामी विरोधलाई अघि बढाउँछौं ।’
उनले सभामुखलाई पनि उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनी दिए ।
‘धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’ ओलीले भने ।
















प्रत्यक्षतर्फ खोटाङका ११ उम्मेदवारको जमानत जफत
दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा
समानुपातिकतर्फ करिब ९१ लाख मतगणना हुँदा कुन दलले कति पाए ?
राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए शपथ
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
कतारी नौसेना बहराइनमा सुरक्षित
प्रतिक्रिया