बिहीबार, पुष १०, २०८२

शेखर एक्लिए पनि जित्ने आशा कायमै

भन्छन्– महाधिवेशन प्रतिनिधिको विवेक महत्वपूर्ण हो

मेरोन्यूज २०७८ मंसिर २८ गते १४:०६

काठमाडौं । नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेखर कोइराला दोस्रो चरणमा सबैबाट एक्लिए पनि जित्ने आशा कायमै राखेका छन् ।

प्रतिष्पर्धाबाट बाहिरिएका तीनै जना उम्मेदवारले शेरबहादुर देउवालाई समर्थन गरे पनि दोस्रो चरणको निर्वाचनको दौडमा रहेका कोइरालाले मतदाताहरुलाई गुट उपगुट नसम्झी मतदान गर्न आग्रह गरेका छन् ।

पहिलो चरणमा कुल खसेको ४ हजार ६७९ मतमध्ये २२५८ मत देउवाले ल्याए भने १७२९ मत ल्याएर कोइराला दोस्रो, ३७१ मत ल्याएका प्रकाशमान सिंह तेस्रो, २४९ मत ल्याएका विमलेन्द्र निधि चौथो र केबल २० मत ल्याएका कल्याण गुरुङ पाँचौ भएका थिए ।

शेरबहादुर देउवा र कोइराला दुबैको ५० प्रतिशत मत आएन । दोस्रो चरणको निर्वाचन आजै दिउँसो साढे ३ बजे हुदैछ ।

उक्त निर्वाचनमा जस्तो मतपरिमाण आए आफुले स्विकार्ने समेत उनले बताए । उनले भने, ‘कसले कसलाई समर्थन गर्छ त्यो महत्त्वपूर्ण होइन , महाधिवेशन प्रतिनिधिको विवेक महत्त्वपूर्ण हो, दोस्रो चरणको निर्वाचनमा आफु विजयी हुनेछु ।’

पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा गर्ने समेत कोइरालाको भनाई छ ।

प्रतिक्रिया