शेखर एक्लिए पनि जित्ने आशा कायमै
भन्छन्– महाधिवेशन प्रतिनिधिको विवेक महत्वपूर्ण हो

काठमाडौं । नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार शेखर कोइराला दोस्रो चरणमा सबैबाट एक्लिए पनि जित्ने आशा कायमै राखेका छन् ।
प्रतिष्पर्धाबाट बाहिरिएका तीनै जना उम्मेदवारले शेरबहादुर देउवालाई समर्थन गरे पनि दोस्रो चरणको निर्वाचनको दौडमा रहेका कोइरालाले मतदाताहरुलाई गुट उपगुट नसम्झी मतदान गर्न आग्रह गरेका छन् ।
पहिलो चरणमा कुल खसेको ४ हजार ६७९ मतमध्ये २२५८ मत देउवाले ल्याए भने १७२९ मत ल्याएर कोइराला दोस्रो, ३७१ मत ल्याएका प्रकाशमान सिंह तेस्रो, २४९ मत ल्याएका विमलेन्द्र निधि चौथो र केबल २० मत ल्याएका कल्याण गुरुङ पाँचौ भएका थिए ।
शेरबहादुर देउवा र कोइराला दुबैको ५० प्रतिशत मत आएन । दोस्रो चरणको निर्वाचन आजै दिउँसो साढे ३ बजे हुदैछ ।
उक्त निर्वाचनमा जस्तो मतपरिमाण आए आफुले स्विकार्ने समेत उनले बताए । उनले भने, ‘कसले कसलाई समर्थन गर्छ त्यो महत्त्वपूर्ण होइन , महाधिवेशन प्रतिनिधिको विवेक महत्त्वपूर्ण हो, दोस्रो चरणको निर्वाचनमा आफु विजयी हुनेछु ।’
पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिष्पर्धा गर्ने समेत कोइरालाको भनाई छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया