एमालेको नाराबाजीबीच प्रतिनिधि सभा बैठकमा विधेयक पेश, अर्को बैठक पुस ६ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधि सभाको बैठकमा विधेक पेश भएका छन् । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले सरकारका मन्त्रीलाई केही विधेक पेश गर्न अनुमति दिएका थिए ।
एमालेको नाराबाजीबीच मन्त्रीले विधेक पेश गरेका थिए । विरोधकाबीच प्रतिनिधिसभामा गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् । यस्तै मन्त्री बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, रेल्वे अध्यादेश यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् ।
विधेक पेश भएपछि आजका लागि प्रतिनिधि सभाको बैठक सकिएको छ । अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्ने छ । एमालेले सभामुख सापकोटोकाे कार्यशीलैको विरोध गर्दै संसद बैठकमा विरोध गर्दै आएको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया