मंगलबार, पुष ८, २०८२

फेरिएको समिकरण : देउवाका लागि भोट माग्दै सिंह र निधि

मेरोन्यूज २०७८ मंसिर २८ गते १७:२५

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो चरणमा सभापतिको मतदान जारी छ । राष्ट्रियसभा गृहमा सभापतिको मतदान प्रक्रिया जारी रहेको हो । दोस्रो चरणमा सभापतिका प्रत्याशी शेर बहादुर देउवा र डा शेखर कोइराला मतदातासँग मत मागि रहेका छन् । कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतदानमा समिकरण परिवर्तन भएको छ । पहिलो चरणमा सभापतिमा उम्मेदवार रहेका तीन जनाले देउवालाई साथ दिएका छन् ।

यसैबीच पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधि देउवाका लागि भोट मागि रहेका छन् । उनीहरु देउवासँगै मतदाताहरूसँग मत मागिरहेका हुन् । कांग्रेस केन्दीय निर्वाचन समितिका अनुसार मतदान सुरु भएको डेढ घण्टामा १ हजार मत खसेको छ ।

प्रतिक्रिया