मंगलबार, पुष ८, २०८२

देउवालाई शुभकामना दिँदै भट्टराईले भने : प्रतिगमनकारीले टाउको उठाउन नपाउन्

मेरोन्यूज २०७८ मंसिर २९ गते ११:३४

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले शुभकामना दिएका छन् । उनले ट्विटरमार्फत सफल कार्यकालको शुभकामना दिँदै देउवाको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुने अपेक्षा व्यक्त गरे ।

‘प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्,’ उनले आफ्ना सामाजिक सञ्जालमा लेखेका छन्, ‘अग्रगमनकारी शक्तिबीच एकता होस्ः थप शुभेच्छा ।’

प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका हुन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया