वरियताक्रम र कार्यविभाजनले एमालेमा चुलियो असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा पदाधिकारी, केन्द्रीय सदस्यहरुबीच चर्काचर्की भयो । अध्यक्ष केपी शर्मा ओलीले कार्यविभाजन, वरियताक्रम निर्धारण लगायतको विषयलाई लिएर चर्काचर्की परेपनि बाहिर भने सामान्य जस्तै देखियो । शनिबार र आइतबार एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बसेको थियो । बैठकमा अध्यक्ष ओलीले केन्द्रीय सदस्य मनोनयन गर्ने, पोलिटब्युरो र स्थायी कमिटीको सदस्यसहित नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका प्रस्ताव गरे । अध्यक्ष ओलीको प्रस्तावप्रति पदाधिकारीले आपत्ति जनाउँदै विरोध गर्न थालेपनि ओलीले त्यसलाई सुनेपनि नसुने जस्तै गरिदिए ।
विवादकै कारण आइतबार नै सम्पन्न भएको बैठकको निर्णय सोमबार रातिसम्म सार्वजनिक गरिएन । एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठनको प्रस्ताव अध्यक्ष ओलीले गरेका थिए । यस्तै, नेताहरूको मर्यादाक्रम तथा जिम्मेवारी बाँडफाँटसमेतको प्रस्ताव ओलीले बैठकमा गरे । विधान अनुसार १० प्रतिशत मनोनयन हुनुपर्ने केन्द्रीय सदस्य पनि त्यो भन्दा बढी मनोनयन गरे । ३०१ को १० प्रतिशत भनेको ३० जना मात्रै हुन्छ तर ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनयन गरे । तर ती तमाम विषयमा ओलीले पदाधिकारीबीच कुनै छलफल नै नगरी मनोमानी रूपमा गरेका थिए ।
उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भुसाललगायतका नेताहरूले ओलीको प्रस्तावमा विरोध गरे । एमालेको प्रचलनअनुसार अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमा प्रस्ताव पेस गर्नुपूर्व नै १९ सदस्यीय पदाधिकारीहरूको बैठक राखेर सो प्रस्तावहरूमा छलफल गर्नुपर्ने हुन्थ्यो । तर, उनले त्यसो नगरेका कारण बैठकमा केन्द्रीय सदस्यहरू पदाधिकारीबीचको चर्काचर्की भयो । ओलीको प्रस्तावमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष नेम्वाङले बैठकमा भने, ‘सल्लाह भएन, थुप्रै मान्छेहरू छुटे । यस्तो गरेर हुँदैन, सल्लाह गरिएको भए हुन्थ्यो भने तर ओलीले मुण्टो मात्रै हल्लाए कुनै प्रतिक्रिया दिएनन् ।
केन्द्रीय सदस्यको ‘रो’मा रहेका घनश्याम भूषालले आफूलाई स्थायी कमिटीमा लैजानुको साटो टंक कार्कीलाई लैजान आग्रह गरे । योगेश भट्टराईले भीम रावललाई मनोनयन गरेर स्थायी कमिटीमा ल्याउन आग्रह गरे । तर यी सबै विषयलाई ओलीले वेवास्था गर्दै गए । दशौं महाधिवेशनमा सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा बखेडा निकालेका थिए । त्यसका हालका उपाध्यक्ष विष्णु पौडेलको पनि साथ रहेको थियो । उपमहासचिव पृथ्वी सुब्बा गुरुङको पनि साथ पाएका नेम्वाङले अन्तिम समयसम्म पनि वरिष्ठ उपाध्यक्षलागि उल्झन बनिरहे । उनकै कारणले धेरै समय खेर गएको भन्दै ओलीले चिढिएका थिए । त्यतिमात्र होइन ओलीले नेम्वाङ र पौडेलले चुनाव गराउने अडान लिएका इश्वर पोखरेल र शंकर पोखरेल दुवै जना बाहिरिन सक्ने संभावनालाई पनि मध्येनजर गरेका थिए । महाधिवेशनभर दुई पोखरेललाई सर्वसम्मत बनाउनकै लागि ओलीले नेम्वाङ र पौडेललाई उचित जिम्मेवारी दिने गुलियो बचन बाँडे तर दोस्रो केन्द्रीय कमिटीको बैठकमा आइपुग्दा ओलीकै किचन क्याविनेटबाट आएका प्रस्तावलाई बैठकमा पेश गरे । पदाधिकारी तहमा छलफल गर्न नै चाहेनन ।
ओलीको यो मनोमानीपछि अहिले एमालेभित्र विस्तारै दोस्रो गुट बन्ने खतरा बढिरहेको छ । संगठन विभाग खगराज अधिकारी र स्कूल विभागमा प्रदीप ज्ञावाली दिइएपछि हालका उपाध्यक्षहरुको जिम्मेवारी पनि वलियो देखिएन । उनीहरुलाई नाम मात्रैको विभाग दिइएको छ । जसले गर्दा आगामी नेतृत्वका लागि समेत उनीहरुलाई कार्यकर्ता माझ जाने बाटो बन्द भएपछि दोस्रो गुट जन्मने खतरा बढेको हो । ७० वर्षे उमेर हदका कारण आगामी एघारौ महाधिवेशनबाट इश्वर पोखरेल, सुवास नेम्वाङ, युवराज ज्ञावाली, अष्टलक्ष्मी शाक्य विदा हुने भएपछि विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेलबीच प्रतिस्प्र्धा हुने अवस्था छ । तर ओलीले शंकर पोखरेललाई समग्र पार्टी हेर्ने जिम्मेवारी दिइरहँदा विष्णु पौडेललाई भने नाम मात्रको अनुगमन विभागको जिम्मेवारी दिएका छन् ।
यसअघि संगठन विभागमा रहेका पृथ्वी सुब्बा गुरुङलाई प्रचार विभाग दिएर अधिकारीलाई संगठन विभागमा ल्याए । जुन कुरा महेश बस्नेत लगायतका युवा नेताहरुलाई पनि मन परेको छैन । ‘अहिलको अवस्थामा दुई वटा गुट बन्ने अवस्था देखिदैछ, कार्यविभाजन नसच्चिए गुट मौलाउने संभावना रहेको छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । अहिलेको कार्यविभाजनले छिन्नभिन्न भएका १० बुँदे सहमतिपछि पार्टीमा फर्केका १० भाई पनि एक ठाउँमा पुग्ने र त्यसको नेतृत्व अब जन्मने नयाँ गुटले गर्ने संभावना रहेको ती नेताको भनाई छ ।














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया