कांग्रेस महाधिवेशन
मतगणनाबारे निर्णय गर्न निर्वाचन समितिको बैठक बस्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति चयनका लागि दुई दुई पटक निर्वाचन गरेर परिणाम घोषणा गरेपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना गर्ने कार्य अगाडी वढाउन लागेको छ । त्यसका लागि कांग्रेसको निर्वाचन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी भएको छ । अहिले केही वेरमै अर्थात दिउँसो २ बजे निर्वाचन समितिको वैठक बोलाईएको छ ।
वैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचन को मतगणना के कसरी र कहिले देखि गर्ने भन्ने बारेमा ठोस निर्णय लिने भएको छ । निर्वाचन समितिको वैठक पछि लगत्तै पदाधिकारीहरुको मतगणना गर्ने गरी निर्वाचन समितिले वैठकमा छलफल गर्न लागेको छ ।
कांग्रेसमा सभापति भने प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवाले बाजी मारिसकेका छन् । निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार अव बसने सुरसारमा रहेको निर्वाचन समितिको बैठकले कहिलेदेखि मतगणना गर्ने भन्ने निर्णय गर्ने छ।
कांग्रेसमा अव पदाधिकारी देखि सदस्यहरु सवैको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। त्यसका लागि मतदान पछि सवै मत हाल्न प्रयोग गरिएको ट्यांकी सानेपामा लगेर राखिएको छ।










देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै राष्ट्रपति पौडेल
अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु
कांग्रेस नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्छ : नेता पौडेल
महिला टी-२० विश्वकप ग्लोबल छनोटको तालिका सार्वजनिक
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया