कांग्रेस महाधिवेशन
मतगणनाबारे निर्णय गर्न निर्वाचन समितिको बैठक बस्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति चयनका लागि दुई दुई पटक निर्वाचन गरेर परिणाम घोषणा गरेपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना गर्ने कार्य अगाडी वढाउन लागेको छ । त्यसका लागि कांग्रेसको निर्वाचन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी भएको छ । अहिले केही वेरमै अर्थात दिउँसो २ बजे निर्वाचन समितिको वैठक बोलाईएको छ ।
वैठकले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको निर्वाचन को मतगणना के कसरी र कहिले देखि गर्ने भन्ने बारेमा ठोस निर्णय लिने भएको छ । निर्वाचन समितिको वैठक पछि लगत्तै पदाधिकारीहरुको मतगणना गर्ने गरी निर्वाचन समितिले वैठकमा छलफल गर्न लागेको छ ।
कांग्रेसमा सभापति भने प्रधानमन्त्री समेत रहेका शेरवहादुर देउवाले बाजी मारिसकेका छन् । निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठका अनुसार अव बसने सुरसारमा रहेको निर्वाचन समितिको बैठकले कहिलेदेखि मतगणना गर्ने भन्ने निर्णय गर्ने छ।
कांग्रेसमा अव पदाधिकारी देखि सदस्यहरु सवैको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। त्यसका लागि मतदान पछि सवै मत हाल्न प्रयोग गरिएको ट्यांकी सानेपामा लगेर राखिएको छ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया