बुधबार, पुष ९, २०८२

देउवासँग कांग्रेसलाई सुदृढ, विस्तारित र गतिशील बनाउने खुबी छ : महत

मेरोन्यूज २०७८ मंसिर २९ गते १५:०१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।

बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाइ दिदै नेता महतले आगामी निर्वाचनमा पार्टीलाई एक बनाएर लैजान सक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताए । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया