कांग्रेसमा उपसभापति कसले जित्दैछ ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपभापतिमा उठेका सात प्रतिष्पर्धी मध्ये कसले चुनाव जित्दैछ भन्ने कांग्रेसवृत्तमा निकै चासोको विषय बनिरहेको छ ।
सभापतिमा निर्वाचित शेरबहादुर देउवासहित नेतृत्वका लागि चुनाव लडेका डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि चारै जना प्यानल बनाएर प्रतिष्पर्धामा थिए । यद्यपि देउवाबाहेक अन्यले सिङ्गो प्यानल बनाउन सकेका थिएनन् ।
सभापतिको मत परिणाम सार्वजनिक भएपछि बुधबारदेखि उपसभापति पदको मत गणना गरिँदैछ ।
उपसभापति पदमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का र बिजय गच्छदार प्रतिष्पर्धामा छन् । देउवाको प्राप्त परिणामले खड्का र गच्छदार दुवैले जित्ने आंकलन पनि कांग्रेसवृत्तमा छ । तर देउवाका सहयात्री खड्काले प्यानलको भोट पाए पनि गच्छदारप्रति सिङ्गो देउवा गुट सन्तुष्ट छैन ।
कांग्रेस नेता महेश आचार्य र डा. चन्द्र भण्डारी पार्टीमा वैचारिक नेताका रुपमा चिनिन्छन् । आचार्य एक्लो प्रतिष्पर्धामा छन् भने भण्डारी शेखर प्यानलका हुन् । भण्डारीसँगै धनराज गुरुङ पनि कांग्रेसका हठी नेताका रुपमा चिनिन्छन् ।
यता, शेखर कोइरालासँग रुष्ट भएका कोइराला परिवारकै सुजाता पनि प्रकाशमान समूहबाट प्रतिष्पर्धामा आइन् । तर प्रकाशमानको परिणाम हेर्दा सुजाताको अवस्था पनि कमजोर देखिन्छ ।
सभापतिमा चौंथो स्थानमा रहेर पराजित भएका विमलेन्द्र निधिको समूहबाट उपसभापतिमा उम्मेदवार बनेकी दिब्यश्वरी शाह कांग्रेसभित्रै स्थापित हुन नसकेकी नेतृ हुन् ।
जुनसुकै प्यानलबाट उम्मेदवार बने पनि पार्टीमा राम्रै छाप पार्न सफल भएकालाई चुनावमा पनि छाप लागेको छ । सम्भवतः उपसभापतिको बलियो प्रतिष्पर्धामा पूर्णबहादुर खड्का, धनराज गुरुङ र चन्द्र भण्डारी रहने चर्चा कांग्रेस नेताहरुबीच चलिरहेको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया