शुक्रबार, वैशाख ११, २०८३

शेखर कोइरालाले भने– अब पार्टी बेथितिले चल्न दिइन्न

अबको राजनीति यात्रा नयाँ ढङगबाट सुरु गर्ने प्रतिवद्धता

मेरोन्यूज २०७८ मंसिर २९ गते १७:५०

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनमा जीत हार अवश्य हुने भन्दै आफू पराजित भएपनि यसलाई स्वाभाविक रुपमा लिएको बताएका छन् ।

शेखर कोइरालाले आफ्ना समूहका प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा कोइरालाले आगामी वर्ष सशक्त रुपमा लाग्ने प्रतिवद्धता जनाए ।

उनले ‘शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चारवर्षे हो । चारवर्षे कार्यकालको सफलताको कामना छ । यो आन्तरिक लडाइँ हो । स्वस्थ प्रतिष्पर्धाबाट विजयी हुनुभएको हो । जसरी अघिल्लो कार्यकालको साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।’

उनले युवा पुस्ताका लागि कांग्रेसभित्र अवसर नै अवसर खोलिदिएको बताए । उनले आजैदेखि आफु कांग्रेस रुपान्तरणमा लाग्ने बचन दिए । भोलिदेखि नै पार्टी कार्यकर्ताको घर घरमा पुग्ने उनले बताए ।

उनले भने– ‘हामीहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनांै । महाधिवेशन प्रतिनिधिहरुले वडादेखि जुन मेहनत गर्नुभयो, मलाई माया, सम्मान र इज्जत दिनुभएको छ, त्यो मैले कहिलै पनि बिर्सने छैन ।’

उनले अबको राजनिति यात्रा नयाँ ढङगबाट सुरु गर्ने बताए । पार्टी पहिलेजस्तो बेथितिले चल्न नदिने उनको भनाई छ ।

Advertisement
NiccNicc

प्रतिक्रिया