मंगलबार, पुष ८, २०८२

उपसभापतिको मतगणना शुरु, नतिजा आजै राति आउने

मेरोन्यूज २०७८ मंसिर २९ गते १७:५७

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गर्न लागिएको निर्वाचन समितिका गोपालकृष्ण घिमिरेले बताए । उनका अनुसार उपसभापतिको परिणाम रातिसम्म आउनेछ ।

कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् ।

जसमा शेरबहादुर देउवाको प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् ।

त्यस्तै महेश आचार्य पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया