शुक्रबार, वैशाख ११, २०८३

सर्वाेच्चको फुलकोर्टको निर्णय

माघ २ बाट उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी

मेरोन्यूज २०७८ मंसिर २९ गते १८:२१

काठमाडौँ । देशभरका उच्च र जिल्ला अदलतमा पनि गोला प्रणालीबाट पेसी तोकिने भएको छ । सर्वोच्च अदतलतको बुधबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले यस्तो निर्णय गरेको हो ।

Advertisement
NiccNicc

माघ २ गतेबाट गोला प्रणाली लागु हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीश बसेर फुलकोर्टले त्यस्तो निर्णय गरेको हो । यो निर्णयमा पछि प्रधानन्यायाधीस राणाले पनि हस्ताक्षर गरेका छन् । उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोला प्रणाली अपनाउने निर्णय सर्वाेच्चको फुलकोर्ट बैठकले गरेको सर्वाेच्च् अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

उनका अनुसार, फूल कोर्ट बैठकले उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्नका लागि कानुनी व्यवस्था गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन पनि दिएको छ ।

जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालत नियमावली, २०७५ मा गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था लागु गर्न आवश्यक पर्ने संशोधन प्रस्ताव पेस गर्न फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ,- उनले भने ।

गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नका लागि निर्देशिका तयार पार्न पनि फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको हो ।

सर्वोच्च अदलातमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ । प्रधानन्यायाधीश जवरा विवादमा परेपछि न्यायाधीशहरूले उनले तोकेको इजलास बहिस्कार गर्दै आएका थिए ।

पछिल्लो समय प्रधानन्यायाधीश जबराले फुलकोर्टमा भौतिक रूपमा उपस्थिति जनाउन सकेका छैनन् । तर आफू बाहकेका न्यायाधीशले गरेको निर्णयलाई उनले हस्ताक्षर गरी कार्यान्वयनका लागि बाटो खोल्दै आएका छन् ।

प्रतिक्रिया