बिहीबार, पुष १०, २०८२

ओलीले संसद विघटनको पुष्टी गर्न संसदमा अवरोध गरेः मन्त्री झाँक्री

मेरोन्यूज २०७८ मंसिर २९ गते १९:०७

जनकपुर । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन् ।

बुधवार जनकपुर पुगेकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको आरोप लगाइन् ।

ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउनेतर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्न हुन्छ कि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको उल्ल्ेख गरिन् ।

ओलीले आफुले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उनको भनाई छ ।

उनले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि बताइन् ।

मन्त्री झाक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप पनि लगाइन् । एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाई छ ।

प्रतिक्रिया