ओलीले संसद विघटनको पुष्टी गर्न संसदमा अवरोध गरेः मन्त्री झाँक्री

जनकपुर । सहरी विकासमन्त्री रामकुमारी झाक्रीले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन् ।
बुधवार जनकपुर पुगेकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको आरोप लगाइन् ।
ओली संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गराउनेतर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको शिकार संसद बन्न हुन्छ कि बन्नुहुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको उल्ल्ेख गरिन् ।
ओलीले आफुले गरेको संसद विघटनको औचित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उनको भनाई छ ।
उनले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि बताइन् ।
मन्त्री झाक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप पनि लगाइन् । एमालेको दशौँ महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाई छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया