कांग्रेस उपसभापति मतगणनाः धनराज र पूर्णबहादुरको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनाको प्रारम्भिक नतिजामा शेखर कोइराला प्यानलका धनराज गुरुङ र शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्काले अग्रता लिएका छन् ।
प्रारम्भिक गणनाअनुसार गुरुङको १ सय ३१ मत आउँदा पूर्णबहादुर खड्काले १ सय २८ मत प्राप्त गरेका छन् ।
यस्तै, देउवा प्यानलकै विजय गच्छदारले एक सय २२ मत ल्याएका छन् ।
यसैगरी चन्द्र भण्डारीले ९५, सुजाता कोइराला ३६, महेश आचार्यले २५ र दिब्यश्वरी शाहले ६ मत प्राप्त गरेकी छन् ।
कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् ।
शेरबहादुर देउवाको प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्येश्वरी शाह उम्मेदवार छन् ।
त्यस्तै महेश आचार्य पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया