मंगलबार, पुष ८, २०८२

अपडेट मतगणना

कांग्रेस उपसभापति : १५०० मत गन्दा धनराजको अग्रता, पूर्णबहादुर दोस्रो स्थानमा

मेरोन्यूज २०७८ मंसिर २९ गते २०:३१


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्वका लागि भएको मतदानमा अहिले उपसभापतिको मतगणना जारी छ । सभापतिमा शेरवहादुर देउवा निर्वाचित भईसकेका छन् । वुधबारवाट उपसभापति पदको मतगणना जारी छ । उपसभापतिमा धनराज गुरुङ्ग र पूर्णवहादुर खड्काले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार १५०० मत गन्दा धनराज गुरुङले ५८८ र पूर्णबहादुर खड्काले ५४४, विजयकुमार गच्छदारले ५०० र चन्द्र भण्डारीले ५०१  मत पाएका छन् ।

त्यस्तै सुजाता कोइराला र महेश आचार्य पछि परेका छन् । कांग्रेसको उपसभापति पदका लागि ७ जना उम्मेदवार छन् ।

कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।

प्रतिक्रिया