आइतबार, पुष ६, २०८२

अर्थमन्त्री भन्छन्– नेपालमा उत्पादित बिजुली भारतलाई बेचेर ब्यापार घाटा कम हुँदैन

शर्माले भने– सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता

मेरोन्यूज २०७८ मंसिर २९ गते २१:०७

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा उत्पादन विद्युत भारतमा बिक्री गरेर व्यापार घाटा कम नहुने पनि बताएका छन् ।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको नवउत्थान सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विद्युत निकासीभन्दा पनि आन्तरिक खपत बढाउने नीति आवश्यक भएकोमा जोड दिए ।

उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृष्टि गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । मन्त्री शर्माले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको उल्लेख गरे । अर्थमन्त्री शर्माले सरकारले पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता समस्या आएको बताएका हुन् ।

उनले यसरी सरकारको पुँजीगत खर्च गर्न नसक्दा वित्तीय प्रणालीमा गहिरिँदै गएको तरलता अभाव समाधान गर्न गम्भिर भएर लागि परेको बताए ।
मन्त्री शर्माले मासिक रूपमा १० प्रतिशत पुँजीगत खर्च गर्ने योजना बनाएको तर,प्रतिस्थापन बजेट ल्याउनु पर्ने लगायतका कारणले खर्च हुन नसेको स्विकार गरे । पुँजीगत खर्च विगतका सरकारले पनि गर्न नसेको मन्त्री शर्माको भनाइ थियो ।

उनले सरकार र केन्द्रीय बैंक बजारको अहिलेको तरलता अभाव अन्त्य गर्न गम्भिर भएर लागेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीयोग्य रकम प्राप्त नहुँदा अर्थतन्त्रमा ठूलो असर परेको बताए ।

उनले तरलता अभाव चालु आर्थिक वर्षमा सहज हुने अवस्था नभएको बताए । अध्यक्ष गोल्छाले मुलुकमा नयाँ वैदेशिक लगानी समेत बढ्न नसकेको बताए । उनले विगतदेखि नेपाली अर्थतन्त्र जुर्मुराउनासाथ तरलता समस्या देखिने गरेको उल्ल्लेख गरे । अध्यक्ष गोल्छाले सरकारले राजस्व उठाए पनि खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको बताए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत रूपमा लगानीकर्तालाई संरक्षण गर्नुपर्ने बताए । उनले सरकारले लगानीमैत्री कानुन निर्माण गर्नेबित्तिकै लगानी आफैं भित्रिने दाबी गरे ।

वरिष्ठ उपाध्याक्ष ढकालले नेपालको आर्थिक विकासमा मलेशियाको महाथीर मोडल अनुशरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया