बुधबार, पुष ९, २०८२

कांग्रेस उपसभापति मतगणना

३५५८ मत गणना : खड्का र गच्छदारको अग्रता

सुजाताको ४३८

मेरोन्यूज २०७८ मंसिर २९ गते २२:४६

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता कायम गरेका छन् । २८६७ मत गणना गर्दा गुरुङ अगाडी थिए । ३५५८ मतमध्ये खड्काले १६३४ मत प्राप्त गरेका छन् भने दोस्रोमा विजयकुमार गच्छदारले १४४३ मत प्राप्त गरेका छन् ।
यसैगरी,धनराज गुरुङले १४३७ मत ल्याए भने चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् । खड्का र गच्छदार देउवा प्यानलका हुन् भने गुरुङ र भण्डारी शेखर कोइराला समूहका हुन् ।

त्यसैगरी प्रकाशमान सिंहको समूहमा रहेका महेश आचार्यले ४१३, सुजाता कोइराला ४३८ मत ल्याएका छन् । दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया