कांग्रेस उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभातिमा धनराज गुरूङ र पुर्णबहादुर खड्का निर्वाचित बनेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।
गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । भने देउवा समुहकै पुर्णबहादुरले दुई हजार १२१ मत ल्याएर र शेखर कोइराला समुहका धनराजले एक ९०८ मत ल्याएर विजयी बनेका हुन् । खड्का निवर्तमान महामन्त्री थिए । भने गुरुङ केन्द्रीय सदस्य थिए । देउवा समुहबाट उपसभापतिका उम्मेदवार विजय कुमार गच्छदारले एक ९०६ मत प्राप्त गरे । धनराजले झिनो मतले गच्छदारलाई पराजित गरेका हुन् । भने कोइराला समुहका उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले एक हजार ५८० मत पाएका छन् ।
प्रकाशमान सिंह समुहबाट उपसभापतिमा मैदानमा उउत्रेकी सुजाता कोइरालाले ६४४ मत ल्याएकी छिन् । महेश आचार्यले ५८९ मत ल्याए । बिमलेन्द्र निधि समुहबाट उपसभापतिमा उम्मेदवार बनेकी दिब्यश्वरी शाहले १३२ मत प्राप्त गरेकी छिन् ।महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचित हुदैछन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया