कांग्रेस इतिहासकै पहिलो निवार्चित उपसभापतिमा कसले कति मत ल्याए

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक निवार्चित उपसभापतिमा पुर्ण बहादुर खड्का र धनराज गुरुङ विजयी भएका निर्वाचन समितिले घोषणा गरेको छ । नेपाली कांग्रेसको १४ आंै महाधिवेशनदेखि उपसभापतिमा निर्वाचन भएको हो । यसअघि उपसभापति मनोनित हुने गरेको थियो ।
कसको कति मत ?
निर्वाचन समितिका अनुसार खड्काले दुई हजार १२१ मत ल्याए भने गुरुङले एक हजार ९०८ मत ल्याए । गुरुङ शेखर कोइराला समुहका हुन् । भने खड्का सभापति शेरबहादुर देउवा समुहका हुन् ।
खड्का र गुरुङसहित ७ जना उपसभापतिको प्रतिष्प्रर्धामा थिए । जसमा उपसभापतिका उम्मेदवार चन्द्र भण्डारीले ५८० मत पाएका छन् ।
प्रकाशमान सिंह समुहबाट उपसभापतिमा मैदानमा उत्रेकी सुजाता कोइरालाले ६४४ मत ल्याएकी छिन् ।
महेश आचार्यले ५८९ मत ल्याए । बिमलेन्द्र निधि समुहबाट उपसभापतिमा उम्मेदवार बनेकी दिब्यश्वरी शाहले १३२ मत प्राप्त गरेकी छिन् ।
गत सोमबार भएको मतदानमा उपसभापतिमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया