उपसभापतिको मतपरिणाममा गच्छदारको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतपरिणाममा विजयकुमार गच्छदारले असहमति जनाएका छन् । गच्छदार सभापति शेरबहादुर देउवा पक्षका उपसभापतिका उम्मेदवार हुन् ।
गच्छदार शेखर कोइराला समुहका धनराज गुरुङसँग दुई मतान्तरले पराजित बनेपछि अहिले कांग्रेस पार्टी कार्यालय मतगणना स्थलमा नै आउने भनी आफ्ना प्रतिनिधिलाई जानकारी गराएको एक गच्छदार निकट नेताले बताए । गच्छदार मतगणनास्थल आउँदै गरेकाले मत परिणामको आधिकारिक घोषणा नभएको स्रोत बताउँछ । ‘दाईलाई मतपरिणाममा चित्त बुझेन,त्यसैले पुन मत गणानाको मागसहित मत गणना स्थल जानु भएको हो,’ स्रोतले भन्यो ।
यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिएपनि औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया