उपसभापतिको मतपरिणाममा गच्छदारको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदको मतपरिणाममा विजयकुमार गच्छदारले असहमति जनाएका छन् । गच्छदार सभापति शेरबहादुर देउवा पक्षका उपसभापतिका उम्मेदवार हुन् ।
गच्छदार शेखर कोइराला समुहका धनराज गुरुङसँग दुई मतान्तरले पराजित बनेपछि अहिले कांग्रेस पार्टी कार्यालय मतगणना स्थलमा नै आउने भनी आफ्ना प्रतिनिधिलाई जानकारी गराएको एक गच्छदार निकट नेताले बताए । गच्छदार मतगणनास्थल आउँदै गरेकाले मत परिणामको आधिकारिक घोषणा नभएको स्रोत बताउँछ । ‘दाईलाई मतपरिणाममा चित्त बुझेन,त्यसैले पुन मत गणानाको मागसहित मत गणना स्थल जानु भएको हो,’ स्रोतले भन्यो ।
यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङले उपसभापति पदमा विजयी हासिल गरेको कुरा अनौपचारिक रुपमा जानकारी दिएपनि औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया