बुधबार, पुष ९, २०८२

कांग्रेस महामन्त्रीको मत गणना सुरु हुँदै, छ जनाबाट दुई जना चुनिदै

मेरोन्यूज २०७८ पुष १ गते ७:३९

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु हुने भएको छ । निर्वाचन समितिका अनुसार महामन्त्री पदको मत गणना सुरु गर्ने तयारी भएको हो ।

महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । जसमा सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको विधानअनुसार पदाधिकारीमा दुई जना महामन्त्री हुने व्यवस्था रहेको छ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गतको निर्वाचनबाट सभापति र उपसभापतिको टुंगो लागिसकेको छ ।

कांग्रेसले इतिहासमा पहिलोपटक निर्वाचन प्रणालीद्वारा उपसभापति चयन गरेको हो । अहिलेसम्म सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया